‘लकडाउन’को १४औं दिन यस्तो देखियो काठमाडौं {भिडियाे}

‘लकडाउन’को १४औं दिन यस्तो देखियो काठमाडौं {भिडियाे}

काठमाडौं, २४ चैत । कोरोना संक्रमण र रोकथामका लागि नेपालमा १४ दिनदेखिको लकडाउन जारी छ । लकडाउनको समयमा सरकारले अत्यावश्यक काम र अप्ठ्यारो परेर बाहिर ननिस्की नहुनेका हकमा सवारी साधनका लागि पासको व्यवस्था गरेको छ ।

अत्यावश्यक कामबाहेक घरबाहिर नजान आह्वान गरेको छ । सरकारी आह्वान अटेरी गर्दै मानिसहरू घरबाहिर निस्कने क्रम भने रोकिएको छैन । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर छाड्ने गरेको छ ।

गृहमन्त्रालयले कडाइका साथ लकडाउन पालना गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । सवारी पास लिँदै दुरुपयोग गर्नेक्रम बढेपछि अधिकांश जिल्ला प्रशासन कार्यालयले तत्काललाई पास वितरणमा रोक लगाएका छन् ।

भिडियाे