यी हुन् प्रदेश ५ मा कोरोना प्रयोगशाला सञ्चालनमा ढिलाई हुनुका कारण

यी हुन् प्रदेश ५ मा कोरोना प्रयोगशाला सञ्चालनमा ढिलाई हुनुका कारण

शेरबहादुर के.सी.

बुटवल, २२ चैत ।

कोरोना भाइरसको प्रयोगशाला अन्यत्र सञ्चालन हुँदा यहाँ किन ढिलाई भयो ? सञ्चारमाध्यम, सामाजिक सञ्जाल र व्यक्तिगत कुराकानीमा धेरैले यो प्रश्न गर्नुभएको छ । प्रयोगशाला सञ्चालनमा ढिलाई हुनुका यी कारण देखिए । र, अब ढिलाई हुँदैन् । छिट्टै शुरु हुँदैछ ।

१ प्रदेश २ र यो प्रदेशमा पहिलेको क्षेत्रीय प्रयोगशाला थिएन्, अर्थात पूर्वाधारको अभाव थियो । अन्यत्र क्षेत्रीय प्रयोगशाला थिए । मेशिन आउने बित्तिकै जडान गरी शुरु गरियो ।

२ कोरोना परिक्षणको लागि पिसिआर मेशिन मात्रै नराखी सगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला राख्न खोजियो । अब यो प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अरु इन्फुएञ्जा पनि जाँच गर्न सकिन्छ । त्यो ढंगको तयारी पनि राम्रै भयो । अर्थात अब सुविधा सम्पन्न प्रयोगशालाको पूर्वाधार तयार भयो ।

३ उपयुक्त ठाउँको खोजी भयो, पूर्वाधारको अभाव भएको ठाउँमा समस्या नै भयो । भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवनका सात कोठालाई मर्मत गरी प्रयोगशाला तयार गरिएको छ । केही दिनमै पूरानो भवनका सात कोठा मर्मत गरी प्रयोगशालाका लागि उपयुक्त बनाइएको छ ।

४ पिसिआर र किट सहितको सामग्री चैत २० गते आयो । अन्यत्र दुई दिन पहिला सामान पुगे । पहिले हेलिकोप्टरमा सामग्री पठाउने भनियो । पछि गाडीमा भनियो, अनि गाडी यतैबाट पठाउँदा अन्यत्र भन्दा दुई दिन ढिलाई भयो ।

५ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार, छिटो गर्न खोज्दा एउटा कोठामा पिसिआर मेशिन राखेर कोरोनाको परिक्षण हुनसक्थ्यो । हामीले गुणस्तरीय प्रयोगशालामा जोड दियौं, दुई दिन ढिलाई भयो, प्रयोगशाला गुणस्तरीय बनेको छ ।

६. अब कहिले शुरु हुन्छ त कोरोना परिक्षण ? “ मेशिन जडान लगायतका सबै काम सकिएको छ । भोली चैत २३ गते मेशिनको गुणस्तर परिक्षण हुन्छ । गुणस्तर परिक्षणको काम सकियो भने भोली अपरान्हबाट प्रयोगशालामा नियमित काम शुरु हुन्छ । गुणस्तर परिक्षणमा केही समस्या देखिए, केही घण्टा ढिलाई हुन्छ, धैर्य गरौं—डा. राजेन्द्र गिरीको भनाई छ ।

समयले हामीलाई छिटो प्रयोगशाला सञ्चालनमा ल्याऊ भनेकै छ, त्यही ढंगको तयारी र काम पनि त्यही ढंगले भएको हो । काम गर्दै जाँदा अन्यत्र भन्दा केही भिन्न समस्या पनि रहे । प्रयोगशालालाई गुणस्तरीय ढंगले सञ्चालन गर्न भइरहेको पहललाई सकारात्मक ढंगले बुझौं । कोरोना विरुद्धको अभियानमा सबै मिलेर अघि बढौं ।

{शेरबहादुर के‌सीकाे फेसबुकबाट}