लकडाउनका कारण बिपन्न बर्ग मर्कामा, भोकै पर्ने अवस्था आएपछि हिड्दै घर फर्कन थाले [भिडियाे]

लकडाउनका कारण बिपन्न बर्ग मर्कामा, भोकै पर्ने अवस्था आएपछि हिड्दै घर फर्कन थाले [भिडियाे]

काठमाडौं, २२ चैत । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण बिपन्न बर्गहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यकामा ज्याला मजदुरी गर्दै आएकाहरु लकडाउनका कारण भोकै हुने अवस्था आएपछि उनीहरु हिड्दै घर फर्कन थालेका छन् ।

ज्याला मजदुरी गर्दै आएकाहरुलाई राहत प्रदान गरेपनि पर्याप्त नभएको भन्दै उनीहरु घर फर्किन थालेका हुन् । शनिबार काठमाडौंबाट सुनसरी जान लागेका एक समूहरुलाई प्रश्न गर्दा आफुहरु भोकभोकै मर्ने अवस्था आउन लागेका कारण हिड्दै फर्कन लागेको बताए । हिडेर घर जान ४ दिन लाग्ने भएपनि आफुहरु हिडेरै जान लागेको उनीहरुले बताए ।

केहि दिन अघिसम्म केहि स्थानीय तहको पहलमा काठमाडौंमा रहेका केहिलाई बिशेष पास मार्फत बस नै रिजर्भ गरेर घर पठाउने व्यवस्था गरिएको थियो । त्यस्तै केहि दिन अघि काठमाडौंबाट सयौंको संख्यामा सर्वसाधारणहरु दक्षिणकालीको बाटो हुदै हेटौडा, बारा, पर्सा लगायतका स्थानमा गएका थिए ।

भिडियाे