कोरोना संक्रमितको संख्या ९ पुग्यो, सुदूरपश्चिममा भेटिए ३ संक्रमित

कोरोना संक्रमितको संख्या ९ पुग्यो, सुदूरपश्चिममा भेटिए ३ संक्रमित

काठमाडौं, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतबाट आएका दुई जनामा संक्रमण देखिएको हो भने एकजना संक्रमितका आफन्तमा पनि कोरोना देखिएको मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय र मुम्बईबाट आएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको हो। यस्तै, धनगढीका कोरोना संक्रमित एक व्यक्तिका आफन्तलाई पनि कोरोना संक्रमण देखिएको छ।

नेपालमा स्वदेशमै रहेकालाई कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो। यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

याेसहित नेपालमा काेराेना संक्रमण ९ जनामा देखिएकाे छ। चीनबाट फर्किएका एकजनामा निकाे भइसकेकाे छ। अन्य संक्रमितमध्ये २ जनाको टेकु अस्पताल र २ जनाको बाग्लुङ र एक जनाको धनगढीमा उपचार भइरहेको छ। उनीहरूकाे अवस्था सामान्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।