यस्तो देखियो ‘लकडाउन’को दशौं दिन (भिडियो)

यस्तो देखियो ‘लकडाउन’को दशौं दिन (भिडियो)

काठमाडौं, २० चैत । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लकडाउन लगाएको बिहीबार १० औं दिन पनि शहरबजार सुनसान बनेको छ । सरकारले सुरक्षित रहेर घरमै बस्नका आग्रह गर्दै लकडाउन गरेको हो । तर लकडाउन लगाए पनि यसलाई तोड्ने क्रम भने तीव्र रहेको छ ।

लकडाउन उलंघन गर्नेलाई तीन घण्टा होल्डमा राखेर छोड्ने गरिएको छ । उल्लंघन गर्नेहरुलाई घरमै रहन आग्रह गरिएको छ । अत्यावश्यक काममा हिँडेकालाई भने सोधपुछपछि प्रहरीले छोड्ने गरेको छ । तर रमाइलोका लागि र मर्निङ वाक–इभिनिङ वाकका नाममा हिँड्नेलाई भने नियन्त्रणमा लिएर राख्ने गरेको छ ।

पास लिएर समेत पनि मानिसहरु धमाधम काठमाडौंबाट बाहिरिने र भित्रिनेहरु छन् । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

भिडियो