लकडाउनको नवौं दिन यस्तो देखियो पाटन कृष्ण मन्दिर (भिडियो)

लकडाउनको नवौं दिन यस्तो देखियो पाटन कृष्ण मन्दिर (भिडियो)

काठमाडौं, १९ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको नवौं दिन काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले लकडाउन उल्लंघन गर्ने १५ सय भन्दा बढिलाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी लकडाउनको उल्लंघन गर्ने दुइसय बढी सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

कारवाही स्वरुप सडकमा निस्कनेहरुलाई नियन्त्रणमा लिएर भेटिएकै ठाउँमा चार घण्टा उभ्याउने नीति प्रहरीले लिएको छ । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

भिडियाेमा हेर्नुहाेस्