नेपालमा अलपत्र परेका अमेरिकी नागरिक विमान चार्टर गरेर स्वदेश फिर्ता {भिडियाे}

नेपालमा अलपत्र परेका अमेरिकी नागरिक विमान चार्टर गरेर स्वदेश फिर्ता {भिडियाे}

काठमाडौं, १८ चैत । नेपालस्थित अमेरिकी दुतावासले नेपालका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरेसँगै विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर स्वदेश फिर्ता लगेको हो ।

पोखरा, मुस्ताङ र लाङटानमा समेत रहेका केही अमेरिकी नागरिकहरुलाई आन्तरिक उडानबाट काठमाडौ ल्याएर विवरण संकलन गरी स्वदेश फर्काइएको हो । स्वदेश फर्कनेहरुमा कुटनीतिक नियोगका केही प्रतिनिधिहरु पनि रहेका छन् ।

कतार एअरवेजको विमान चार्टर गरी अमेरिकी नागरिक, नेपाली मूलका अमेरिकी नागरिकहरु गरी तीन सय जनालाई स्वदेश फर्काइएको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिनुभयो ।

स्वदेश फर्काउन नेपालस्थित अमेरिकी दूताासले गरेको प्रयासप्रति अमेरिकनहरुले खुशी व्यक्त गरेका छन् । उनीहरले लकडाउनका कारण आफ्ना पूर्वनिर्धारित तालिका अनुसार गन्तव्यमा पुग्न नसकेर अलपत्र परेपनि दुतावासले समन्वय गरेर सहयोग गरेर घर जना पाएकोमा खुशी व्यक्त गरेका हुन् ।

भिडियाे