‘लकडाउन’को सातौ दिन यस्तो देखियो काठमाडौं शहर (भिडियो)

  • 16
    Shares
‘लकडाउन’को सातौ दिन यस्तो देखियो काठमाडौं शहर (भिडियो)

काठमाडौं, १७ चैत । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सातौं दिन शहर बजार सुनसान छ । अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् भने सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिनु परेको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने कामलाई तिव्र बनाइएको छ । कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गरेका छन् ।

लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने सरकारी तयारी छ ।

भिडियो