‘लकडाउन’काे साताैं दिन: इन्डक्सन चुल्हो किन्नेकाे भिड {भिडियाे}

  • 18
    Shares
‘लकडाउन’काे साताैं दिन: इन्डक्सन चुल्हो किन्नेकाे भिड {भिडियाे}

काठमाडौं, १७ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि उपत्यकका विभिन्न स्थानमा सामानहरु बिक्री गरिरहेको छ । सरकारले घोषणा गरेको लकडाउनको समय थपिने भएपछि थापाथलीमा रहेको खाद्यमा इन्डक्सन चुल्हो किन्नेको भिड लागेको छ ।

रामशाहपथस्थित संस्थानको बिक्री काउन्टरमा इन्डक्सनको स्टक सकिएकाले मानिसहरु थापाथली केन्द्रित भएका हुन् । कम्पनीले सुरु गरेको बिक्री कक्षमा लकडाउनपछि मात्रै तीन हजार पाँच सय भन्दा बढी विद्युतीय चुलो बिक्री भइसकेको कम्पनीकी सूचना अधिकृत सर्मिला सुवेदीले जानकारी दिनुभयो ।

लकडाउनमा उद्योग धन्दा बन्द भएपछि विद्युतको माग ह्वात्तै घटेको छ। उद्योग धन्दा बन्द भएपछि विद्युतको आपूर्ति बढी छ । त्यसैले नेपाल विद्युत प्राधिकरणले पनि उपभोक्तालाई इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । सरकारले पनि चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ । बजारमा ग्यासको अभाव भएर मानिसमा इन्डक्‍सनमा मोह बढेको छ ।

नाकाबन्दीको समयमा चीनले अनुदानमा ११ हजार थान इन्डक्सन चुल्हो पठाएको थियो। सुरुमा ११ हजार ९६ रुपैयाँ मूल्य तोकेर बिक्री गरिएको थियो। तर, सोचेअनुसार इन्डक्कसन चुल्हो बिक्री भएन । त्यसपछि मूल्य घटाएर ४ हजार पुर्‍याइएको हो । त्यही बिक्री नभएको इन्डक्सन चुलो अहिले भने धमाधम बिक्री भइरहेको छ ।

{भिडियाे}