कोरोना संक्रमणः लकडाउन ८ दिन थपियो, चैत २५ गतेसम्म जारी राख्ने निर्णय

कोरोना संक्रमणः लकडाउन ८ दिन थपियो, चैत २५ गतेसम्म जारी राख्ने निर्णय

काठमाडौं, १६ चैत । नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को निर्णयले कोरोना फैलिन नदिन भन्दै ११ चैतदेखि १८ चैतसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । आजकाे बैठकमा सहभागी प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्य सबै मन्त्री भौतिक दूरी कायम गर्दै बसेका थिए । सबै मन्त्रीका लागि छुट्टाछुट्टै कुर्सी र टेबुलको व्यवस्था मिलाइएको थियो। कोरोनालाई विश्वव्यापी महामारीको रुपमा हेरिएको अवस्थामा मन्त्रिपरिषद बैठकमा समेत भौतिक दूरी कायम भएको हो।

आज दिउँसो उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले लकडाउनको अवधि कम्तिमा ७ देखि बढीमा १४ दिनसम्म बढाउन मन्त्रिपरिषद्लाई सिफारिश गरेको थियो ।

समितिको आजकाे बैंठकले अप्रिल १५ गते( बैशाख ३)  सम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।