कोरोना सम्बन्धित जानकारीका लागि विशेष वेबसाइट सुरु {भिडियाे}

कोरोना सम्बन्धित जानकारीका लागि विशेष वेबसाइट सुरु {भिडियाे}

काठमाडौं, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धित जानकारी दिनका लागि विशेष वेबसाइट सुरु गरेको छ । मन्त्रालयले कोरोनासँग सम्बन्धि सबै जानकारी दिन आईतबारबाट विशेष वेबसाइट https://covid19.mohp.gov.np/ सुरु गरेको हो ।

वेबसाइटको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकले अब घरमै बसेर कोरोनासँग सम्बन्धित आधिकारिक जानकारी प्राप्त गर्न सक्ने बताउनुभयो । यसले संक्रमित व्यक्तिको पहिचान गर्न, अस्पतालले दिने सुविधा र संक्रमित व्यक्तिले आफ्नो अवस्था बारे थाहा पाउन सकिने मन्त्री ढकालले बताउनुभयो ।

विभिन्न ठाउँमा रहेका अस्पताल, क्वारेन्टाइन र आईसोलेसन स्थान, अस्पतालले दिने सेवा सुविधा र कोरोना सम्बन्धी जानकारी दिने उद्देश्यका साथ एप्सको सुरुवात गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जाानकारी दिनुभयो । नेपालमा हालसम्म कति नमूना परीक्षण भए, कति हुँदैछ लगायत विवरण पनि उक्त वेबसाइटमा राखिने मन्त्रालयले जनाएको छ ।