बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

काठमाडौं, १४ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि संक्रमित भएका छन् ।

जोनसनलाई ज्वरो आएर परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।यसअघि बेलायतका राजकुमार फिलिपमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनको आइसोलेसनमा उपचार भइरहेको छ ।