कोरोना अपडेट: विश्वभरी १८ हजार ८ सय ८ को मृत्यु

  • 175
    Shares
कोरोना अपडेट:  विश्वभरी १८ हजार ८ सय ८ को मृत्यु

एजेन्सी, १२ चैत । कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ। मंगलबारमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएको छ । इटालीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ ।

इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । स्पेनमा यो भाइरसबाट विगत २४ घन्टामा ५१४ को मृत्यु भएको छ । योसँगै मर्नेको संख्या २६९६ पुगेको छ । नयाँँ संक्रमितको संख्या ६६ ०० रहेको छ भने देशभर ३९६७३ जनामा संक्रमण देखिएको छ ।

विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन्। यसैगरी अमेरिकामा थप १ सय ४३ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६ सय ९६ पुगेको छ। स्पेनमा कोरोना भाइरसका कारण थप ६ सय ८० जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ।