जागिर खुल्योः नेपाल राष्ट्र बैंकले माग्यो १५१ कर्मचारी

जागिर खुल्योः नेपाल राष्ट्र बैंकले माग्यो १५१ कर्मचारी

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि १५१ जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागले प्रशासन तर्फ १४१ र प्राविधिक तर्फ १० जना कर्मचारी मााग गरेको हो ।

 

विभागले सहायक निर्देशकमा ४५ जना, सहायक द्धितीयमा ९६ जना र सहायक द्धितीय सूचना प्रविधिमा १० जना माग गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति हुने पदको परिक्षामा भाग लिनको लागि आवश्यक कागजात पुरा गरी अनलाईन दरखास्त दिन सकिनेछ । बैंकले दरखास्त दिने अन्तिम मिति चैत १ गते सम्म तोकेको छ ।

सहायक निर्देशक पदमा दरखास्त भर्न चाहने व्यक्तिको उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । त्यसैगरी सहायक पदमा दरखास्त दिनको को लागि १८ वर्ष पुरा भई ३५ वर्ष र महिलाको हककमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । तर बहालवाला कर्मचारीको हकमा भने उमेरहद नलाग्ने बैंकले जनाएको छ ।