नेविसंघद्धारा सञ्चालित गरिव विद्यार्थी लक्षीत निशुल्क एसइइ कोचिङ कक्षा समापन

नेविसंघद्धारा सञ्चालित गरिव विद्यार्थी लक्षीत निशुल्क एसइइ कोचिङ कक्षा समापन

दोलखा ,५ चैत । नेपाल विद्यार्थीसंघ दोलखाले बर्षेनी सञ्चालन गर्दै आएको एसइइ कोचिङ कक्षा अन्तगरगत यस वर्षको निशुल्क कोचिङ समापन भएको छ । १० वर्षे शसस्त्र द्धन्दका बेला तत्कालिन माओवादीले तरुण दल जिरिका नेता हेमन्त प्रधानको निर्मम पूर्वक हत्या गरेपछि उनको सम्झनामा नेविसंघले वर्षेनी कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ ।

निशुल्क एसइइ कोचिङ कक्षा विशेष गरी आर्थिक स्थिति कमजोर, गरिव जेहेन्दा भएका विद्यार्थीहरुका लागि लक्षीत रहेको छ । अग्रेजी, गणित र विज्ञानको पढाइ हुने यस वर्षको निशुल्क कोचिङमा एक सय २० जना विद्यार्थी सहभागी थिए ।२०६२ साल देखि निरन्तर १४ वर्षसम्म सञ्चाल हुँदै आएको कोचिङ कक्षामा यो वर्षसम्म १० हजार विद्यार्थीले सहभागी जनाइसकेको नेविसंघ दोलखाले जनाएको छ ।

कोचिङ कक्षाको समापन कार्यक्रममा निशुल्क एसइइ कोचिङ कक्षाका शिक्षक र विद्यार्थी नेताहरुलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा कांग्रेस दोलखाका नेताहरु इश्वर नारायण मानन्धर, राकेश श्रेष्ठ, बाबुकाजी बस्नेत, बालकृष्ण आचार्य, गिता शिवाकोटी, दीपशंकर चौलागाइ, राजन बस्नेत, राजेन्द्र श्रेष्ठ, शेरफ मोक्तान लगाएतले मन्तव्य राखेका थिए ।