’बी’ डिभिजन लिग फुटबल : खुमलटार क्लबको सहज जित

’बी’ डिभिजन लिग फुटबल : खुमलटार क्लबको सहज जित

काठमाडौं, ३ चैत ।  सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा कप्तान सबिन केसीले ह्याट्रिक गरे । उनले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । श्री कुमारीका मिशन लामाले एक गोल फर्काए । जितसँगै खुमलटारले ५ खेलमा १३ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा उक्लिएको छ । श्री कुमारी ३ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ ।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ