काठमाडौं, २ चैत । कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच भिडियो कन्फरेन्स भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने भन्दै भिडियो कन्फरेन्सको आयोजना गर्नुभएको हो । नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी भएका छन् ।
सोका लागि मिर्गाैला प्रत्यारोपणपछि आइतबार पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएको छ ।