काठमाडौ । पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएको बताएकी छिन्। उषा खड्गी र जीपी तिमिल्सिनाले आधिकारिक रुपमा डिभोर्स गरेको कुरा उषाले फेसबुक मार्फत उल्लेख गरेकी छिन् ।
उषाले आफै नै डिभोर्स भएको र आफु बिगत १७ वर्ष देखि हिँसाको शिकार भएका कारण यो निर्णय लिएको जनाएकी छिन् । उषाले फेसबुक मार्फत आफु १७ वर्षको विवाह बन्धनलाई अन्त्य गर्न जरुरी भएकाले गरेको उल्लेख गरेकी छिन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् ।
खड्गीको १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् । आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा शनिबार स्टाटस लेख्दै उनले यस विषयमा मुख खोलेकी हुन् ।
‘विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ ।’ उनले लेखेकी छन् ।
उनले सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ उनीहरूको एक छोरा र एक छोरी छन् । उषा सन् २००० की मिस नेपाल हुन् ।