काठमाडौं, ३० फागुन । पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेमाको निधनप्रति कांग्रेसले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको छ ।
शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौलालगातले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए । उहाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो । सानेपामा बसेको नेपाली कांग्रेसको आकस्मिक बैठकले शोक प्रस्तावसमेत पारित गरेको छ । उहाँको सम्मानमा आज, शनिबार र आइतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यसैगरी चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उहाँको स्वर्गारोहण भएको तेह्रौँ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ ।
शेर्माको उपचारको क्रममा बुधबार ललितपुरको एक अस्पतालमा निधन भएको थियो । पाँचथरमा जन्मिएका शेर्मा नेपाली कांग्रेस पाँचथरको दुुईपटक सभापतिसमेत हुनुभएको थियो ।