किन भयो सन्दीपले खेल्ने एसिया–११ र विश्व–११ को खेल स्थगित ?

  • 62
    Shares
किन भयो सन्दीपले खेल्ने एसिया–११ र विश्व–११ को खेल स्थगित ?

एजेन्सी, २८ फागुन । नेपालका सन्दीप लामिछानेले खेल्ने बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीमा बंगलादेशमा आयोजना हुने विश्व–११ र एसिया–११ बीचको टी-ट्वान्टी सिरिज स्थगित भएको छ । आखिर किन भयो छ बंगलादेशमा आयोजना हुने विश्व–११ र एसिया–११ बीचको टी-ट्वान्टी सिरिज स्थगित । विश्वभर फैलिएको कोरोना भाईरसको कारण सिरिज स्थगित गरिएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

विश्व–११ र एसिया–११ बीचको खेल मार्च १८ र २१ मा ढाकामा हुने बताईएको थियो । तर, कोरोनालाई मध्येनजर गर्दै अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित गरिएको बोर्डले जनाएको छ ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसनले टी-ट्वान्टी सिरिजसँगै शेर बंगला नेसनल स्टेडियममा आयोजना गरिने भनिएको कन्सर्ट समेत स्थगित गरिएको बताए ।

सिरिजमा एसिया-११ बाट नेपालका सन्दीप लामिछानेले समेत खेल्ने छन् । सन्दीपसंगै विराट कोहली, लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन, तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान रहेका छन् ।

यस्तै विश्व-११ को टिममा कप्तान फाफ डु प्लेसिससँगै क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन, रोस टेलर, जोन्नी बेयरस्टो, केइरन पोलार्ड, आदील राशिद, शेल्डन कट्रेल, लुंगी नेग्दी, एण्ड्रिउ टाइ र मिचेल मेक्लेनेघन रहेका छन् ।