भागबण्डा यस्तो छः एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख

भागबण्डा यस्तो छः एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा भएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको पुष्पकमल दाहालको पछिल्लो भेटमा मन्त्रालयसँगै पदहरुको भागवण्डा टुंगिएको माओवादी अध्यक्ष दाहालले बताएका छन् ।

सहमतीअनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिने भएकाे छ ।