बाह्रबिसे मितेरी सहकारीकाे ३ दिने हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

बाह्रबिसे मितेरी सहकारीकाे ३ दिने हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

सिन्धुपाल्चाेक । बाह्रबिसे मितेरी बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेड बाह्रबिसेकाे आयाेजानामा ३ दिने हाते ट्याक्टर मर्मत तालिम सप्पन्न गरेको छ । संस्थाको सामाजिक र बहुउद्देश्यीय अनुसारको काम २०५२ सालदेखि सामाजिक र कृषि क्षेत्रमा क्रियाशिल हुदै कृषि क्षेत्रमा परिबर्तन गरि नयाँ आधुनिकढङ्गबाट कृषकहरूलाई सकक्षम र लाभ पुग्ने उद्देश्यले तालिम दिइएकाे हाे ।

सरकार, अन्य संघ संस्थाहरुले र कृषक आफैले ट्याक्टर अनुदानमा वितरण त गर्‍यो तर केहि दिनको प्रयोगपछि थन्क्याएर राख्ने काम र कसैले महङ्गो खर्च गरे मर्मत गरेर चलाएको भएपनि कसरी चलाउने भन्ने ज्ञान नभएकोले ट्याक्टरकाे प्रभावकारी प्रयोग नभएको कारण मर्मत तथा चलाउने तालीम दिएकाे सहकारीको अध्यक्ष एवम् कार्यक्रमको सभापति हेमन्त श्रेष्ठले जानकारी दिनु भयाे । उहाँले अन्य साधनहरुको मर्मत केन्द्रहरु भए पनि ट्याक्टर मर्मत केन्द्र यस जिल्लामा नभएकोले जिल्ला पहिलो पटक यस संस्थाले आयाेजना गरेकाे जानकारी दिनु भयाे ।

आगामी दिनहरूमा पनि जनतालाई प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम लगाउने र सबैको सल्लाह र सहयोग गर्न अनुरोध समेत उहाँले गर्नुभयो । यस तालिम कविता एग्री प्रा .लि काठमाडौंको प्रशिक्षण सहयोग र साझेदारीकाे रूपमा सुनकाेशी गाउँपालिका तथा ४ नं वडा कार्यलय बाह्रबिसे नगरपालिकाकाे सहयाेगमा तालिम दिइएकाे थियाे ।

कविता एग्री प्रा .लि .का संचालक एवम् प्रशिक्षक सचिन जाेशिले सहभागीहरू निकै खुशि भएकाे र याे तालिम लिन पाउनु भन्दा धेरै तालिम छ रे भन्दा धेरै खुशी लागेकाे बताउनुभयाे । उहाँले उत्साहका साथ सबै सहभागी भएकाे बताउदै प्रशिक्षक ३ जनाकाे टिमले तालिम दिनु भएकाे जनाउनुभयाे । उक्त तालीम कार्यक्रममा उदघाटन वडा नं ४ बाह्रबिसे नगरपालिकाका अध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठले गर्नुहुदै उहाँले यस्तो नयाँ र प्रभावकारी कार्यक्रम गर्नु भएकोमा र ४ नं वडा कार्यलयले सहयाेग गर्न पाउँदा निकै खुशी भएकाे र कृषकहरूकाे चेतनाकाे विकास भै देशकाे कृषि विकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सहकारी संस्थाका सचिव रन्जितमान श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएकाे थियो भने समापन कार्यक्रममा प्रमुख अतिथि अरनिको कलेज प्रमुख यमबहादुर बस्नेतले गर्नुभएकाे थियाे ।सो कार्यक्रममा स्वागत मन्तव्य सहकारीका सह – सचिव कृष्णहरि श्रेष्ठले राख्नु भएकाे थियाे भने मन्तव्य कविता एग्री प्रा.लि.का संचालक सचिन जाेशी र २१ जना सहभागीहरूकाे तर्फबाट पनि २ जनाले राख्नुभएकाे थियार् ।

३ दिनसम्म खान -बस्न आयाेजक संस्थाले ब्यवस्था गर्नु भएको थियो । सो तालीम २०७६ फागुन २३ देखि २५ गतेसम्म तालिम गरिएको थियो भने सहयाेगी संस्थाहरुलाई कदर पत्र र सहभागीहरूलाइ प्रमाण पत्र वितरण गरिएकाे थियाे । कार्यक्रममा अतिथिहरुलाई मायाकाे चिनाे प्रदान गरिएकाे सभापति हेमन्त श्रेष्ठले बताउनुभयाे ।