प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीले हिजोबाट हिँड्डुल गर्न र सामान्य खाना खान थाल्नुभएको अस्पतालले जानकारी दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी दिने कामलाई पनि निरन्तरता दिइएको छ । प्रधानमन्त्रीको स्वास्थ्यबारे गरिएका महत्वपूर्ण परीक्षणको रिपोर्ट सामान्य रहेको उहाँले बताउनुभयो ।