देशभरीका शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे यस्ताे अनुरोध

देशभरीका शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे यस्ताे अनुरोध

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि अनुरोध गर्दै एउटा सूचना प्रकाशित गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धमा बिद्यालय र शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा यस्तो अनुरोध गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धमा बिद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा अनुरोध

१. विद्यालयरशिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्वन्धमा देहायका कार्यगरी सचेतना जगाउनेकार्यक्रम गर्नेः

विद्यार्थीहरुलाई हरेक दिन संक्रमणबाट बच्ने उपायहरुबारे बताउने, कक्षा शिक्षकले विद्यार्थीहरुलाई हरेक दिन कोरोना भाइरसवारेसूचना तथा जानकारी उपलब्ध गराउने,

संक्रमणबाट बच्ने उपायहरु सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसवारेपढ्न र छलफल गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने,

कोरोना भाइरस सम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका वेबसाइटहरुको ठेगानाबारे जानकारी दिएर सवै विद्यार्थीहरुलाई सूचित हुने अबस्था सिर्जना गर्ने,
स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने ।

२. स्वास्थ्यका दृष्टिले सुरक्षित हुन देहायका बानी/ब्यवहारहरु अवलम्बन गर्न सुझाव दिनेः

भीडभाड भएको ठाउँमा सकभर नजाने,
राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवम्खानेकुराहरु नखाने,
साबुन पानीले पटक पटक राम्ररी हात धुने,
खाना खाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने,
हात नमिलाउने, अब्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने ।

३. कुनै विद्यार्थीलाई ज्वरो रुघा-खोकी देखिएमाः

विद्यालय / शिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीहरुबाट अलग्गै राख्ने, शिघ्र अभिभावकलाई सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउने, नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाहअनुसार उपचार गर्ने गराउने, ज्वरो र रुघा-खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिहरुलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्ने ।

४. स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, साँस्कृतिक कार्यक्रम जस्ता समारोह आयोजना नगर्ने।

५. सामूहिक पिकनिक वा शैक्षिक भ्रमण जस्ता कार्यक्रम स्थगन गर्ने ।

६. शिक्षण संस्थाहरुबीच सूचनाको नेटवर्क गर्नेः

आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने ब्यवस्था गर्न विद्यालय र शिक्षण संस्थामा फोकल पोईन्ट तोक्ने,

अनावश्यक हल्लाले विद्यार्थीहरुलाइ त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउने, संक्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवम् एकान्तरअलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिने,
सरकारी आधिकारिक निकायबाट आउने सूचना सवैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्ने, थप जानकारीका लागि शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्डका वेबसाइट हेर्ने, ति निकायहरुमा रहेको सम्पर्क डेस्कहरुवाट थप सूचना वा जानकारी लिने र सोही बमोजिम सूचना एवम् जानकारीहरु सम्प्रेषण गर्ने गराउने व्यवस्था मिलाउने ।

मितिः २०७६।११।२१