यस्तो छ स्वस्तिमाको ‘चपली हाइट- ३’ (भिडियो)

यस्तो छ स्वस्तिमाको ‘चपली हाइट- ३’ (भिडियो)

एजेन्सी । चलचित्र ‘चपली हाइट ३’ को टिजर सार्वजनिक भएको छ । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको निकेश खड्का निर्देशित चलचित्रको १ मिनेट ४३ सेकेण्ड लामो टिजर सस्पेन्स-थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा चलचित्रको मूलकथा अभिनेत्री स्वस्तिमा खड्काको वरिपरि घुमेको अनुमान गर्न सकिन्छ । अभिनेता अर्पण थापाको भिन्न लुक्स ध्यान खिच्ने खालको छ ।

अर्जुन कुमार निर्मित यो चलचित्रमा स्वस्तिमा र अर्पणसँगै सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले चलचित्रको एक्सन सिनको कोरियोग्राफी गरेका हुन् ।

अर्जुन कुमार फिल्मस्को ब्यानरमा चलचित्र निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि चलचित्र ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् । सन् २०१२ को सुपरहिट फिल्म ‘चपली हाइट’ को तेस्रो सिरिज भएकाले यो चलचित्रप्रति अपेक्षा उच्च छ ।

हेर्नुहोस् :