एनआरएन अध्यक्ष पन्तलाई कालो झन्डा

  • 12
    Shares
एनआरएन अध्यक्ष पन्तलाई कालो झन्डा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) का केन्द्रिय अध्यक्ष्य कुमार पन्तलाई एनआरएनको जन्मस्थल बेलायतमा कालो झण्डा देखाइएको छ । एनआरएनए यूकेको १५ औँ स्थापना दिवसको विवास्पद कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन पुगेका एनआरएनए अध्यक्ष पन्तलाई बेलायतमा पहिलो पटक कालो झण्डा देखाइएको हो । एनआरएनए यूकेमा रहेको विवाद समाधान नगरि अध्यक्ष पुनम गुरुङ एकपक्षिय ढंगले अघि बढेपछि एनआरएनए अध्यक्ष पन्तले कालो झण्डासहितको विरोध खप्नु परेको हो ।

त्यसो त बेलायत निबासी संघका केन्द्रिय महासचिव डा. हेमराज शर्मा र आइसिसि सदस्य रामशरण सिम्खडाले केन्द्रीय अध्यक्ष पन्तलाई विवादमा पार्ने तयारी गरेका थिए । महासचिव शर्मा, आईसिसि सदस्य तथा कार्यक्रम संयोजक सिम्खडा र पत्रकार चिरन शर्मालगायतले पन्त आएपछि यहाँको विवाद समाधान हुने भन्दै रिपोटिड गरेका थिए । बेलायतका विवादबाट टाडै रहने सोच बनाएका पन्तलाई बेलायत आए सवै मिल्ने आश्वासन तिनै जनाले दिएका थिए । केन्द्रीय महासचिव शर्मा लन्डनबाट निकै टाढा लिभरपुलमा बस्छन । उनलाई यहाँका समाजका बारेमा खासै केही थाहा छैन । यहाँको बारेमा सवै उनका सहोदर भाई चिरन शर्माले जानकारी गराउने हुन् ।

भाइ शर्मा पत्रकारितामा वदनाम र समाजमा वेइमान व्यक्तिका रुपमा परिचित छन् ।पद विना बस्न नसक्ने सिम्खडालाई जसरी पनि अध्यक्ष पन्तलाई फसाएर बद्नाम गरि प्रवक्ता नपाएको बदला लिनु थियो। अध्यक्ष पन्तले पद नदिएपछि उनका विरुद्ध सामाजिक संजालमा ‘खाए खा नखाए घिच’ भनेर असन्तुष्टी पोख्न समेत भ्याएका थिए । आर्थिक रुपमा विवादीत व्यक्ती सिम्खडाले संयोजन गरेका कार्यक्रमका विरुद्ध एनआरएनए यूकेका चार उपाध्यक्षले बुधबार साँझ लन्डनमा पत्रकार सम्मेलन गरि अध्यक्ष पन्तलाई कार्यक्रममा सहभागी नहुन आग्रह गरेका थिए ।

महिला र पुर्व गोरखाका परिवारले कार्यक्रम भैरहेको अल्डसटस्थित एम्पायर हलभित्रै व्यानरसहितको कालो झण्डा देखाएका हुन् । उनीहरुले चार करोड घोटाला माथि छानविन नगरि एनआरएनए यूकेले नेपाली समुदायबाट चन्दा उठाएर गरेको स्थापना दिवसलाई मान्यता दिने काम गरेकोमा आपत्ती जनाए । उनीहरुले चार करोड घोटाला छानविन गर, कुमार पन्त फिर्ता जाउ , भष्ट्राचारीलाई कारवाही गर भन्दै चर्का नारा जुलुश गरेका थिए । पुर्वगोर्खाका परिवारले चार करोड घोटालामा लन्डनस्थित नेपाली राजदूत डा। दुर्गावहादुर सुवेदीको सहभागीतालाई लिएर पनि आपत्ति जनाउदै नारा समेत लगाए । बिरोधजुलुसमा सहभागी क्षमता ढकालका अनुसार प्रजातान्त्रिक देश बेलायतमा बिरोध प्रदर्शन समेत गर्न नदिएर एन आर एन युकेका अध्यक्ष पुनम गुरुङ पक्ष्यधारहरुले दुर्ब्यबहारको प्रयास गरेका थिए ।

प्रजातान्त्रिक ढंगले नारा जुलुश लगाएका महिलाहरु माथि एनआरएनए यूकेमा भर्खर युके अध्यक्ष पुनम गुरुङको सिफारिसमा एनसीसीमा मनोनित सदस्य भएका हेम गुरुङले आक्रमणको प्रयास गरेका थिए । त्यस्तै अर्का सदस्य ह्यारी गुरुङ जुलुशलाई कार्यक्रम स्थलमै पुग्न नदिन प्रयास गरे । अध्यक्ष पुनम गुरुङको अन्धभक्त समर्थक बल्लभ गुरुङले पुर्वगोरखाका परिवार माथि आक्रमणको प्रयास गरेपनि उनकै साथीहरुले रोकेका थिए ।

स्थापना दिवस मनाउन तोकिएका संयोजक तथा आईसिसि सदस्य रामशरण सिम्खडाले गोप्य रुपमा आर्थिक संकलन गरि घोटाला गर्न खोजेपछि युकेका चार उपाध्यक्षहरुले बुधवार पत्रकार सम्मेलन गरि कार्यक्रममा उपस्थित हुन नसक्ने बताएका थिए । यसैवीच, अधिकाश संस्थापकहरुले उक्त कार्यक्रम बहिष्कार गरेका छन् ।