तिनचुलीमा बौद्ध लामा पुजा सुरु

तिनचुलीमा बौद्ध लामा पुजा सुरु

काठमाडौं, ११ फागुन । विभिन्न घटनामा मृत्युभएका मानवप्राणीको आत्माशान्तीका लागी काठमाडौको तिनचुलीमा बिशेष पुजा सुरु भएको छ ।

पुजामा डोल्पाका बिभिन्न क्षेत्रबाट आउनुभएका बौद्ध धर्मगुरुहरुको सहभागीता रहेको छ । सम्पूर्ण मानवजातीको कल्याण तथा मृतकहरुको चीरशान्तीका लागी पुजा आयोजना गरिएको डोल्पो समाजका अध्यक्ष बौद्ध धर्म गुरु निमा रिम्पोचेले जानकारी दिनुभयो । पुजामा डोल्पाका स्थानियको पनि सहभागीता रहेको छ । त्यस्तै डोल्पाबाट काठमाडौ आई बसोबास गरेकाहरुका लागी पनि समाजले डोल्पा सामुदायिक भवन निर्माण गरिरहेको उहाले बताउनुभयो ।

तीनचूलीमा निर्माणाधिन गुम्वा सहितको भवनको २१ करोड खर्च लाग्ने र हाल ५ करोड खर्च भईसकेको समाजले जनाएको छ । डोल्पो समाज सन १९९५ मा स्थापना भएको थियो ।