हरेक तहमा महिला सहभागीताको सुनिश्चितता गर्ने वातावरण बनेको छ : मन्त्री भट्टराई

हरेक तहमा महिला सहभागीताको सुनिश्चितता गर्ने वातावरण बनेको छ : मन्त्री भट्टराई

काठमाडौँ, २२ फागुन।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मुलुकको हरेक तहमा महिला सहभागीताको सुनिश्चितता गर्ने वातावरण बनेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ महिला समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले मुलुकको संविधानले राज्यको हरेक तह र तप्कामा महिला सहभागीता बढाएको बताउनुभएको हो । उहाले लोकतन्त्रमाथि गम्भीर प्रहार गर्ने कामलाई निरुहात्सीत गर्नुपर्ने जिकिर गर्नुभयो । उहाले राजनीतिक दल तथा सरकारभित्रको सर्घषबाटै सुधारको कार्य सुरु हुने बताउनुभयो । पार्टीप्रति नै अविश्वास गर्ने प्रवृती र भिडबाट कुनै व्यक्तीलाई हिरो बनाउने काम क्षणिक मात्र भएको भन्दै मन्त्री भट्टराईले यसप्रति समाज सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बिभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको थियो ।