शिक्षण अस्पतालमा प्रधानमन्त्रीको शल्यक्रिया जारी शुभेच्छुकद्वारा स्वास्थ्यलाभको कामना

शिक्षण अस्पतालमा प्रधानमन्त्रीको शल्यक्रिया जारी शुभेच्छुकद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं, २१ फागुन । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीका शुभेच्छुक तथा कार्यकर्ताले स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिरसहितको प्लेकार्ड बोकेर शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यलाभको कामना गरेका हुन् । ’प्रिय प्रधानमन्त्री चाँडै निको हुनुस्’लगायतका सन्देश बोकेर उनीहरु अस्पताल परिसरमा उभिएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे बुझ्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भूमि तथा व्यवस्था मन्त्री पद्‍मा अर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलगायत उच्च सरकारी अधिकारी तथा नेताहरु शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीको शल्यक्रिया जारी रहेको र चारबजेपछि सकिने चिकित्सकले जानकारी दिएको बताउनुभयो ।

शल्यक्रियाका लागि प्रधानमन्त्री ओली सोमाबार नै अस्पताल भर्ना हुनुभएको थियो ।