-डा. रवीन्द्र पाण्डे –
१. एयरपोर्टको ग्राउण्डमा प्रभावकारी हेल्थ डेस्कहरु राख्ने | हरेक यात्रीको थर्मल स्क्यान ( ज्वरोको लागि ) गर्ने तथा रुघाखोकी लगायत कोरोनाका लक्षण भए नभएको हेर्ने |
२. एयरपोर्ट भित्र बिशिष्ट ल्याब सहितको स्पेशल हेल्थ डेस्क राख्ने | शंकास्पद व्यक्तिको पूर्ण परिक्षण गर्ने | शंका लागेमा अस्पताल पठाउने |
३. प्यासेन्जर चीनबाट वा चीनको ट्रान्जिट हुँदै आएको भए कोरोनाको लक्षण नदेखिए पनि अस्पताल लगेर जांच गर्ने ब्यबस्था मिलाउने |
४. शंकास्पद अन्य यात्रुलाई पनि सिधै अस्पताल लैजाने |
५. विमानस्थलमा होस् वा अस्पतालमा, बिरामीको इच्छा अनुसार जांच वा भर्ना स्थगित वा रद्द नगर्ने | यस्तो संबेदनशील बिषयमा कडा रुपमा प्रस्तुत हुने |
६. टेकु अस्पताल पठाउँदा बिरामी भर्ना हुन नखोज्ने अवस्था भएमा प्रहरी अस्पतालमा उपचारको प्रबन्ध मिलाउने |
७. पर्यटक बस्ने, घुम्ने क्षेत्र ( जस्तै ठमेल, दरवारमार्ग ), होटेल, क्यासिनो, स्विमिंग पुल आदिलाई रेड जोन घोषणा गरेर त्यहाँ बिशेष निगरानी एबम सरसफाई प्रभावकारी बनाउने |
८. हरेक घर, टोल, सडक लगायत सबै ठाउँमा सरसफाई तथा जनचेतना अभियान निरन्तर गरिरहने |
९. मित्रराष्ट्र चीनसँग समन्वय गरेर उनीहरुले कोरोना नियन्त्रण / रोकथामको लागि प्रयोग गरेका बिधि, केमिकल, प्रबिधि आदिको जानकारी लिएर तदनुसार ब्यबस्था मिलाउने |
१०. आइसोलेसनको लागि सहरभन्दा बाहिर खुला ठाउँमा ८-१० दिनमै न्युनतम ५०० कोठाको टहरा बनाउने |
११. आम जनताको त्रास हटाउनको लागि कोरोना डाइग्नोसिस गर्ने किट प्रत्येक प्रयोगशालामा उपलब्ध गराउने |
१२. अन्य चिनिया तथा भारतीय नाकामा प्रबिधि सम्पन्न ल्याब तथा आइसोलेसन केन्द बनाउने |
(डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञकाे फेसबुकबाट लिएका हाैं)