वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितका अनुसार अब केन्द्रमा १७ मन्त्रालय हुने निर्णय भएकाे छ । अहिले केन्द्रमा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालय छन्। मन्त्रिपरिषद्को निर्णयसँगै अब १३ मन्त्रालय घटाउनु पर्ने छ। संविधानले केन्द्रीय सरकारमा २५ जनामात्र मन्त्री हुन पाउने व्यवस्था गरेको छ।