खुशी साथ आजै घर फर्किए भक्तपुरस्थित क्वारेन्टाइनमा बसेका १७५ नेपाली

खुशी साथ आजै घर फर्किए भक्तपुरस्थित क्वारेन्टाइनमा बसेका १७५ नेपाली

काठमाडौँ, १५ फागुन। चीनको वुहानबाट उद्धार गरी भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका १५७ जना सोमबार घर फिर्ता भएका छन् । वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भए पछि घर फिर्ता गरिएको हो ।

फिर्ता हुन अघि अायोजित औपचारिक समारोहमा क्वारेन्टाइनमा बसेकाहरूले राम्रो व्यबस्थापनका लागि सरकार तथा सेनालाई विशेष धन्यवाद दिएका थिए ।नेपालीहरूको उद्दारका लागि गएका पाइलट लगायतका १८ जनामा पनि कोरोना भाइरस संक्रम नदेखिए पछि आइतबार नै घर फिर्ता गरिएको थियो ।

क्वारेन्टाइनमा रहेका र उपचारमा खटिएका चिकित्सको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको स्वाबको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको थियो ।
औपचारिक विदाइ भए पनि आजै घर जान नसक्ने र उपत्यका बाहिरकालाई भने क्वारेन्टाइमा नै बस्ने ब्यबस्था मिलाइएको बताइएको छ