गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, १९ फागुन ।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उहाँले सदन स्थगन गर्नुभएको हो ।

प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ । रासस