कोरोना भाइरसको आशंकामा चारजना अस्पताल भर्ना

कोरोना भाइरसको आशंकामा चारजना अस्पताल भर्ना

काठमाडौं, १९ फागुन । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।

एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए ।

डा बाँस्तोलाले यो नियमित प्रक्रिया रहेको भन्दै हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको बताए । आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए ।