राष्ट्रपतिको कदम विरुद्ध त्रिचन्द्रमा नेवि संघकाे प्रदर्शन (फोटोमा हेर्नुहोस्)

राष्ट्रपतिको कदम विरुद्ध त्रिचन्द्रमा नेवि संघकाे प्रदर्शन (फोटोमा हेर्नुहोस्)

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिहरुको नाम राष्ट्रपति कार्यालयले स्वीकृत नगरेको विरोधमा नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अगाडी विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध आज त्रिचन्द्र क्याम्पसमा भएको विरोध प्रदर्शनमा नेविसंघका महामन्त्री सरोज थापा, नेवि संघ उपाध्यक्ष सञ्जय यादव लगायतका त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको नेवि संघका नेता सुवोध रिसाल उपाध्यायले जानकारी दिए ।

राष्ट्रकै प्रमुख पदमा बसेर संविधान विपरित सरकारपिच्छे फरक–फरक व्यवहार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको आरोप लगाउँदै कांग्रेस भ्रातृ संगठन नेविसंघ देशभर विभिन्न विरोधका कार्यक्रमहरुसहित सडक आन्दोलनमा उत्रिएको छ ।

फोटोमा हेर्नुहोस्