कमरेड प्रचण्डज्यू ! झापडपछि जुत्ता प्रहार, कार्यकर्तामा बितृष्णा किन?

कमरेड प्रचण्डज्यू ! झापडपछि जुत्ता प्रहार, कार्यकर्तामा बितृष्णा किन?

हरिकृष्ण न्यौपाने

(कुवेत)-नेपालमा समानताको नारा सहित थालिएको लामो जनयुद्धमा १७ हजार नेपाली जनताहरुले ज्यान गुमाए भने अझै हजारौ घाईते तथा अंगभंग र केही बेपत्ता छन। कम्युनिस्ट शासनमा समानताका लागि बर्ग संघर्षको नारा बाँढेर जनतालाई पनि सर्ब सुबिधा सम्पन्न बनाउने अभियानमा लागेको तत्कालिन माओवादी एमाले संग पुनर्मिलन भए पछि नेपाल कम्युनिस्ट पार्टी बन्यो।दुई तिहाई जनमतका साथ सत्तामा रहेको नेकपाका एक अध्यक्ष तथा पूर्ब माओवादी सुप्रिम कमान्डर कमरेड प्रचन्ड माथी आज पुन: उनकै कार्यकर्ताले जुत्ता प्रहार गरेका छन ।

काठमान्डौमा आयोजित एक कार्यक्रममा सम्बोधन गरेर स्टेजमा फर्किने क्रममा जुम्ला सिंजाका रतन तिरुवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन। यस अघि बिस २०६९ मा पनि आफ्नै कार्यकर्ता पदम कुँवरले एक कार्यक्रममा प्रचण्डलाई झापट हानेका थिए।हुनत कुनै पनि नेपाली नागरिकलाई झापड वा जुत्ता प्रहार गर्नु भौतिक आक्रमण हो, यसलाई नेपालको संबिधानले कसुर ठान्दछ र निज आक्रमणकारी दोषी ठहरिन्छ । त्यसमाथी झन देशको प्रधानमन्त्री भैसकेका तथा सत्तासिन पार्टीका अध्यक्ष जस्तो उच्च पदमा रहेका शिर्ष नेता माथी सार्बजनिक स्थलमा आक्रमण गर्नु राम्रो होइन तर पनि दोश्रो पटक यसरी आफनै कार्यकर्ताले आक्रमण गरे पछि कमरेड प्रचण्ड तथा नेतृत्व पंक्तिले यसबारे गम्भीर समिक्षा गर्नु जरुरी छ।किन आफनै कार्यकर्ताद्वारा आफू असुरक्षित छु? आफैले पनि समिक्षा गर्न जरूरी छ।

कमरेड, हुन त म कुनै कम्युनिस्ट, काँग्रेस , राजाबादी वा अन्यबादीको कार्यकर्ता होइन र हुने पनि छैन।म फगत एक नेपाली हुँ र कुवेतको खाडिमा पसिना संग पैसा साटदै छु।खासमा म र म जस्ता लाखौ खाडिका डोरिलाउरेको लागि देशको बिकास भए हुने, अबको नेताले राम्रो देश बनाउन, हामिले स्वदेशमै केही गर्न सकौ, हामिले जस्तै हाम्रा सन्ततिले खाडिको तापले पिरोलिन नपरोस भन्ने हो।बास्तबमै भन्ने हो भने, लामो बर्ग संघर्षको यूद्द पछि सामानताको नाराका साथ सत्तामा पुगेर पनि तपाईं लगाएत अन्य केही नेताहरुको दैनिकि र जिवनिमा आएको आकाश जमिनको फरकले जतालाई बितृष्णा पैदा भएको छ।

एक राजा फालेर अनेक राजा भएको भान हुने तपाईंहरुको बिलसी जीवन शैली , गाउको घर देखि काठामान्डौ वा अन्य शहरका अलिसन महल सम्म अनि चप्पल पडकाउने देखि राज सबारी जस्तो गाउँ-शहरनै बिदा दिदै अनि सर्बसाधारणको यात्रालाई समेत बाधा पुर्याएर गरिने सडक यात्रा देखि हेलिकप्टर चार्टर गरेर गरिने महँगा यात्राहरुले सबै जनभाबना समेटन सकेन कि?त्यति मात्र होइन सिँह दरबारको अधिकार गाउँ-गाउँ पुर्याउने बहानामा भएका करमा अत्यधिक वृद्धि तथा साना देखि ठुला सम्मका कनेक्टिङ घुस र भ्रष्टाचारले जनता आजित छन।अझ बालुवाटारको ललिता निवास देखि यति होल्डिङ सम्म अनि लाउडा देखि वाईडबडी सम्मका केश अनि निबर्तमान संचार मन्त्री सम्मका कान्डै कान्डले जनता साच्चै वाक्क भैसकेका छन्।

कमरेड, साच्चैनै तापाईले जनयुद्धका समयमा सहयोद्दाहरु र गाउँका सोझा साझा जनतालाई देखाएको सपना भुल्नु भएको छैन होला।१७ हजार जनताको रगतले सिंचित तपाइको त्यो बेलाको जनयुद्ध र त्यसको उपलब्धी अनि अहिले सम्मको प्रगतिलाई तपाईं लगाएत उच्च नेतृत्वले सोच्ने बेला आएको छ।त्यसैले ढिलाई नगरी समिक्षा गर्नुहोस् ।

कमरेड,आज तपाईं माथी जुत्ता प्रहार गर्ने उनकै भनाइमा विभिन्न समाचारमा आए अनुसार सहिद पुत्र रतन तिरुवा मात्र होइन अझै धेरै सहिद, घाइते तथा बेपत्ता परिवारहरु अनि अयोग्य लडाकुको बिल्ला भिरेर खाडिमा पसिना बगाउदै गरेका पूर्ब माइबादी लडाकुहरु तत्कालिन जनयुद्ध देखि अहिलेको दुई तिहाई सरकार सम्मको यात्रालाई निहाली रहेका छन र भनी रहेका छन कमरेड हाम्रो जनयुद्धका सपना कहिले पूरा होलान ? समानताका साथ समृद्ध नेपालको निर्माण पछि हामी सबै नेपाली खुसिहुने दिन कहिले आउला ?