काठमाडौं, १६ फागुन । विद्यालयहरुमा विषय शिक्षकको अभावलाई हटाउने उद्धेश्यले नेपाल सरकारले स्वयमसेवक शिक्षकको आवेदन मागेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वयमसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो । केन्द्रले सूचना प्रकाशित गरेर विभिन्न स्थानीय तहका लागि अंग्रेजी, गणित, विज्ञान र प्राविधिक मुख्य विषयहरुका लागि आवेदन खुला गरेको जनाएको छ ।
आवश्यक विषयहरुमा न्युनतम स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । प्राप्त आवेदनबाट छनौंट गरी केन्द्रले आवश्यक स्थानीय तहमा पठाउने छ । स्वयमसेवक शिक्षकका लागि अध्यापन अनुमतीपत्र अनिवार्य गरिएको छैन ।
आवेदन शिक्षा तथा मानव श्रोत विकाश केन्द्रको वेबसाइटमा गएर यहि फागुन २५ गतेसम्म भरिसक्नु पर्ने छ । तलब स्केल स्थानीय तहको वर्गीकरण अनुसार कम्तिमा २४ हजारदेखि ३२ हजारसम्म हुने बताइएको छ ।