प्रियंका र आयुष्मानले कसे लगनगाँठो

प्रियंका र आयुष्मानले कसे लगनगाँठो

काठमाडौं, १५ फागुन । नेपाली चलचित्र दुनियाकी चर्चित नायीका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनीहरुले आज जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन् । अदालतमा एकअर्कालाई माला लगाएर उनीहरु कानुनी रुपमा श्रीमान्(श्रीमती बनेका हुन् । प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ ।

अदालतमा उनीहरुका निकट पारिवारिक सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । प्रियंकाले आयुष्मानसँगको तस्विर फेसबुकमा साझेदार गर्दै आफूहरुले कानुनअनुसार विवाह गरेको जानकारी दिएकी छन् । उनले ‘मिस्टर एण्ड मिसेस’ भनेर पनि लेखेकी छन् । शुक्रवार भने उनीहरुले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा हिन्दू परम्परा अनुसार विवाह गर्दैछन् ।

गत वर्ष नै इन्गेजमेन्ट गरिसकेका उनीहरुको केही दिनयता होटल पार्क भेन्यूमा विवाह अघिका विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यो जोडीले आफ्नो मेहेन्दी र संगीत समारोहका तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । प्रियंकाले आफ्नो हातमा मेहेन्दीले आयुष्मानको नाम लेखाएकी छन् । भने, आयुष्मानको हातमा प्रियंकाको नाम लेखिएको छ ।