नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक

नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक

काठमाडौँ, १३ फागुन । पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्ट कार्यालयको नाममा आएको सम्पत्ति देशभर २१ हजार ५ सय ६२ रोपनी ४ आनाभन्दा धेरै रहेको नेपाल ट्रष्टको कार्यालयले जानकारी दिएको छ ।

ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गर्दै ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सम्पतीमध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ । त्यस्तै काठमाडौंका केही महँगा ठाउँको जग्गा बिभिन्न कम्पनीले लिजमा प्रयोग गरेको पाइएको छ ।

दरबारमार्ग,लाजिम्पाट,कमलादी,कालिमाटी,ताहाचल,छाउनी जस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा मा दिइएका छन् । ट्रष्टको नाममा रहेको मध्ये काठमाडौका ६ स्थानमा लिजमा दिइएको पोखरेलले बताउनुभयो । धनकुटादेखि सुर्खेतसम्म १२ वटा जिल्लामा रहेको ट्रष्टको सम्पत्ती पारदर्शी र कानुनको अधिकनमा रहेर प्रचलनमा ल्याइने ट्रष्टका अध्यक्ष पोखरेलले बताउनुभयो । ट्रष्टका नाममा ७८ करोड नेपाली रुपैयाँ, अमेरिकी डलर १ लाख ४८ हजार र बेलायती पाउन्ड ५० हजार चल सम्पत्ति रहेको समेत उहाले जानकारी दिनुभयो ।

पोखरेलले ट्रष्टका सम्पत्ति अब स्वास्थ्य शिक्षा र पर्यटन क्षेत्रमा लगाउने बताउनुभयो । उहाले केहि स्थानमा प्रचलित कानुनमा रही र ट्रष्टलाइ फाइदा हुने गरी लिज अवधि थप गरिएको दाबी गर्नुभयो । उहाले यसअघि जेजस्तो अवस्थामा लिजमा दिएपछि अव भने सरकारलाई फाइदा हुने गरि मात्र अवस्था हेरेर लिगमा लगाउने जिकिर गर्नुभयो ।

उहाले ट्रष्टले सही सूचना सम्प्रेष्ण गर्न नसक्दा भ्रम सिर्जना भएको दाबी गर्नुभयो ।