प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

प्रधानमन्त्री ओली महाराजगञ्जमा रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । उहाँ परीक्षण पछि आजै निवास फर्किने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

मिर्गौलामा खराबी आएपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आउनु भएको छ ।