काठमाडौँ, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् ।
आइतवार हेर्दाहेर्दैमा राखिएको मुद्दाको फैसला सुन्न महरा बिहान ११ बजे नै बबरमहलस्थित जिल्ला अदालतमा पुग्नुभएको थियो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन्। गत असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।