काठमाडौँ, ५ फागुन। पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज सोमबार हुने भएको छ ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आज सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आजका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलि फैसला आउनेछ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ ।
एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।