एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासनसहित १० मन्त्रालय राखेको छ। माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ। माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो।
मन्त्रालय भागबण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा पनि जुटेका छन्।
मन्त्री छान्न एमालेले शुक्रबार बिहान ९ बजे स्थायी समिति बैठक प्रधानमन्त्री निवासमा डाकेको छ। त्यस्तै माओवादी शीर्ष नेताहरुको बैठकले आफ्नो दलका मन्त्रालय टुंग्याउनेछ।
एमालेले पाएका मन्त्रालय:
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्यटन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
माओवादीले पाएका मन्त्रालय:
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका
सरकारमा सहभागी हुनेबारे संघीय समाजवादी फोरम पनि पटकपटक केपी र दाहालसँग वार्तामा बसे पनि अहिलेसम्म निश्चित भइसकेको छैन।