काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दै हुुनुहुन्छ । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सरकारको दुईवर्षको उपलब्धी सार्वजनिक गर्नुहुनेछ ।
संसद सचिवालयले आफ्नो कार्यसूचीमा प्रधानमन्त्री ओलीले सावर्जनिक महत्वको विषयमा वक्तव्य दिनुहुने जनाएको छ । यसअघि हिजै प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो । तर अन्तिम समयमा आएर स्थगित भएको थियो ।