सर्वोच्चले भन्योः माधव नेपाल र बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको ?

सर्वोच्चले भन्योः माधव नेपाल र बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको ?

काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा। बाबुराम भट्टराई माथि मुद्दा नचलाएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ मागेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले १५ दिन भित्र लिखित जवाफ पेश गर्न अख्तियारलाई शुक्रबार आदेश गरेको हो।

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रधानमन्त्री निवास समेत रहेको बालुवाटारको सरकारी जग्गाबारे प्रस्ताव लगेका चार मन्त्री विरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियारले पूर्व प्रधानमन्त्रीद्धय नेपाल र भट्टराईविरुद्ध भने मुद्दा दायर गरेको थिएन।

सरकार प्रमुखले गरेका नीति निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ।

अख्तियारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा र्पुयाउने काममा संलग्न भन्दै पूर्वउप्रधानमन्त्री विजयगच्छदारसहित ४ मन्त्री, अख्तियारकै पूर्वप्रमुख, एक पूर्वसचिवलगायत १ सय ७५ जनालाई भ्रष्टाचार मुद्दा लगाएको छ।