फागुन २९ गते नयाँ राष्ट्रपति (यस्ताे छ विधि)

फागुन २९ गते नयाँ राष्ट्रपति (यस्ताे छ विधि)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको चुनाव फागुन २९ गतेका लागि तोकेको छ। सरकार र राजनीतिक दलको परामर्शपछि आयोगले बिहीबार २९ गतेका लागि चुनावको मिति तय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए।

अरु चुनावको मिति तोक्ने अधिकार सरकारलाई भए पनि कानुले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गर्ने अधिकार आयोगलाई नै दिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि प्रदेशसभाका पाँच सय ५० सदस्य र संघीय संसदका तीन सय ३४ जना मतदाता हुनेछन्।

ऐन अनुसार प्रदेशसभा सदस्यको मतभार ४८ छ भने संघीय संसदका सदस्यको मतभार ७९ कामय गरिएको छ । प्रदेशसभा र प्रतिधिसभा गठन भएको एक महिनाभित्र राष्ट्रपतिको चुनाव गरिसक्नुपर्ने व्यवस्था छ।

चुनावको मितिसँगै आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ।आयोगले फागुन २३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दिन सकिने जनाएको छ। मतदान सक्‍किने बित्तिकै मतगणना गणना गरिने हुनाले त्‍यही दिन मुलुकले नयाँ राष्ट्रपति पाउने छ।