

काठमाडौँ, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पार्नुभएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो सरकार गठन गर्दै गर्दा जनतामा यसले निकै आशा र महत्वकांक्षा जगाएको तर पुरा भने गर्न नसकेको बताउनुभयो ।उहाले अर्थमन्त्री डा. युवराज खतिवडाले हिजो बजेटको अर्ध वार्षिक समिक्षा गर्दा पनि बजेटका लक्ष्यहरु रिभाईज गरेको बताउनुभयो । त्यस्तै, उहाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० पनि कामभन्दा बढि हल्ला गरिएको आरोप लगाउनुभयो । उहाले कतिपय संवैधानिक र संसदको आफ्नो काममा समेत वर्तमान सरकार र सत्तारुढ दलले हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।
साक्षात्कारमा (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारले दुई वर्षमा मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराएको स्पष्ट पानुृभयो । उहाले सरकारले सयौं नयाँ कानूनहरु निर्माण गरेको सुनाउँदै यसलाई सरकारको सफलतामा दर्ज गराउनुभयो ।
उहाले सरकारले गल्ती गर्नेहरु जो कोही पनि कारबाहीको दायरामा ल्याउने बताउनुभयो । सरकारले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाएको उहाको भनाई छ ।