कुवेतमा बालुवाको ढिस्काले पुरिएर ६ नेपालीको मृत्यु, २ घाईते

कुवेतमा बालुवाको ढिस्काले पुरिएर ६ नेपालीको मृत्यु, २ घाईते

-हरिकृष्ण न्यौपाने-

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ। प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा हिजो फेब्रुअरी १२,२०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो भने २ जना कुवेतको जाहारा अस्पतलमा उपचार गराई रहेका छन्।

तस्विर:- हरिकृष्ण न्यौपाने/ राष्ट्रवाणी-

नेपाली राजदूताबास कुवेतको दितिय सचिब जानुका ओझाले घटनाको बारेमा भनिन” चिनियाँ कम्पनी(CGGC)ले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भए पनि मृतकहरुको नामावली अझै प्राप्त भएको छैन।

तस्विर:- हरिकृष्ण न्यौपाने/ राष्ट्रवाणी-

त्यस्तै दुर्घटनामा उद्दार गरिएका २ जना नेपालिहरुको कुवेतको जाहरा अस्पतालमा उपचार भईरहेको छ।ओझाले थपिन”दुर्घटनाको समयमा त्यहा कति जना कार्यरत थिए अनि केही कामदारहरुको सकुशल उद्धार गरिएको तथा केही अझै हराई रहेको भनिए पनि यसबारे हामीलाई कुनै आधिकारिक जानकारी आएको छैन।”

तस्विर:- हरिकृष्ण न्यौपाने/ राष्ट्रवाणी-

नेपाली राजदूताबासको टोलि अहिले दुर्घटना भएको कार्यस्थल अनि अस्पतालमा रहेका घाइते नेपालीहरुको अबस्था बुझ्न गईसकेकोले केही समयमा पूर्ण जानकारी आउने ओझाले बताईन्।

तस्विर:- हरिकृष्ण न्यौपाने/ राष्ट्रवाणी-