५० जनामाथि छानबिन, २३ विरुद्ध मुद्दा दर्ता, तीन दोषी ठहर

५० जनामाथि छानबिन, २३ विरुद्ध मुद्दा दर्ता, तीन दोषी ठहर
काठमाडौँ, १० फागुन । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख ५९ हजार ७०० बिगो तिराउने फैसला गरेको छ ।

त्यसैगरी दासलाई छ वर्ष कैद, रु ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई रु २४ लाख ३७ हजार ४१५ बिगो तिराउने तथा खनाललाई रु एक लाख ५४ हजार २२४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले रु एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० भ्रष्टाचार गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध विसं २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई भने सफाइ दिएको छ ।

मुद्दा १०  वटा शीर्षकमा मुद्दा दायर

अख्तियारले पर्यटन बोर्डमा भएको भ्रष्टाचारलाई दशवटा शीर्षकमा मुद्दा दायर गरेको थियो। विशेष अदालत स्रोतका अनुसार अख्तियारले दायर गरेको मुद्दा १० शीर्षक यस्ता छन् ।

१. कार्यक्रम नै नगरी बिल पेश गरी रकम भुक्तान गरेको

२. सामान खरिद नगरी बिल मात्र तयार गरी रकम निकास गरेको

३. सवारी साधान भाडा नलिई, बिल बनाएर रकम हिनामिना गरको

४. विदेशी पाहुनालाई खुवाउन मदिरा खरिद गर्दा हिनामिना गरको

५. अन्तर्राष्ट्रिय मेलाको नाउमा कार्यक्रम नै नगरी रकम निकासा गरी घोटाला गरेको

६. पर्यटन बोर्डको स्रोत साधन व्यक्तिगत कार्यमा खर्च गरेको

७. बैंकबाट जथाभावी रकम निकालेर हिनामिना गरेको

८. नक्कली हवाई टिकट पेश गरी मिलेमतोमा रकम लिएको

९. कार्यालय सहयोगलाई जथाभावी चेकमार्फत रकम दिएर हिनामिना गरेको

१०. पर्यटन बोर्डको विनियमवाली संशोधन गर्दा आर्थिक चलखेल गरी भ्रष्टाचार गरको

 मुद्दाका प्रतिवादी हेर्नुहाेस्

तत्कालीन कामु कार्यकारी प्रमुख, सुवास निरौला

पूर्व कार्यकारी प्रमुख, प्रचण्डमान श्रेष्ठ

सचिवहरु

शरदचन्द्र पौडेल

रञ्जनकृष्ण अर्याल

शुसिल घिमिरे

मेघबहादुर पाण्डे

सहसचिव, डिल्लीप्रसाद शिवाकोटी,

वरिष्ठ निर्देशक, आदित्यमान बराल

वरिष्ठ निर्देशक, नन्दिनीलाहे थापा

महाप्रबन्धक, रतिशचन्द्र लाल सुमन

प्रबन्धक, लीलाबहादुर

निर्देशक, हिक्मतसिंह ऐर

निर्देशक, काशीराज

निमित्ति निर्देशक, अनिलकुमार दास

प्रबन्धक, धुव्र राई

लक्ष्मण गौतम

दिवाकर विक्रम राणा