चर्चित अभिनेत्री आँचलको फागुन २९ मा बिहे हुने

चर्चित अभिनेत्री आँचलको फागुन २९ मा बिहे हुने

काठमाडौं । डा. उदिप श्रेष्ठसँग अभिनेत्री आँचल शर्माको विवाहको मिति तय भएको बुझिएको छ । यहि फागुन २९ गतेलाई उनको विवाहको मिति तोकिएको स्रोतले बताएको छ ।

आँचलको विवाह बुढानिलकण्ठस्थित होटल पार्क भेन्यूमा हुने र फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त भएको छ ।

‘नाईं नभन्नू ल ४’ बाट अभिनयमा डेब्यू गरेकी आँचल शर्मा नेपाली कलाकारिता जगतमा राम्रो काम गर्ने अब्बल अभिनेत्रीकोरुपमा परिचित छिन् । एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी अभिनेत्री आँचलले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बताउँदै आएकी छन् ।

उनले अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक चलचित्रको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘डामाडोल’ नामक चलचित्र गर्ने बताइएको छ ।